२०८० जेष्ठ २७ गते शनिवार

जनयुद्ध देखि माओवादीमा लागेका नाथ माओवादी केन्द्र परित्याग गरेर काँग्रेसमा प्रवेश



तुलसीपुर बैशाख १५

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का माओवादी केन्द्रका स्थानीय नेता पहल सिङ नाथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

२०५२ सालदेखि माओवादीमा लागेका नाथ बुधबार माओवादी केन्द्र परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नु भयो ।
उहाँलाई बाँफिकोट गाउँपालिका वडा नम्बर २ का नेपाली काँग्रेस वडा अध्यक्षका उम्मेदवार प्रकाश खत्री, काँग्रेसका स्थानीय नेता गणेश केसी लगायका नेताहरुले टिका तथा खादा लगाएर काँग्रेसमा प्रवेश गराउनु भएको हो ।

नवप्रबेशी नाथले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छोडेको बताउनु भयो।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार