२०७९ माघ १७ गते मङ्गलवार

कांग्रेसमा गएका जंग बहादुर वली पुनः एमालेमै फर्किए



तुलसीपुर, १४ बैशाख । तुलसीपुर ३ खमारी जंग बहादुर वली पुनः नेकपा एमालेमा फर्किनु भएको छ । केहि महिना अघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका उहाले पाटी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै उहाले एमालेमै फर्किएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सत्तागठबन्धन गरेर नेता,कार्यकर्ताहरु माथी अन्याय गरेको भन्दै पाटी परित्याग गरेको उहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । नगर कमिटी सदस्य समेत रहनु भएका वलीले जनताको लोकप्रिय पाटी एमालेमा फर्किएको र अब देखी एमाले कार्यकर्ता बनेर पाटी र जनाको काम गनेृ उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार