२०८० चैत्र १६ गते शुक्रवार

दंगिशरण गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बिकद्वारा अध्यक्ष मा उम्मेदवारी दर्ता




बैशाख ११
दंगिशरण गाउँपालिकामा १ नम्बरमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी आज दर्ता गराएका छन् । गाउँपालिकाको वडा नं. ७ को वडा अध्यक्ष पदका लागी शोभाराम बिकले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । बिकका अनुसार राज्यका सबै निकायमा यूवाहरुले नेतृत्व गर्नु पर्ने आबस्यकता भएको ले उम्मेद्वारी दिएको बताउनु भयो।

बिकले आफ्नो उम्मेदवारी जनताको बिकासका लागी भएको बताउनु भएको छ । बिगत लामो समय देखी नेपालमा राजनितिक दलहरुले नेतृत्व गर्दै आएको तर हाल सम्म पनि समाजलाई सहि दिशामा लग्न असफल भएको बताउदै आफुले समाज परिवर्तनका लागी निर्वातनमा भाग लिन लागेको बताउनु भयो।

राजनितिक दलहरुको काम गर्ने शैलीबाट आजित भएका जनताले अहिलेको चुनावमा अत्याधिक बहुमतले आफुलाई विजयी गराउनेमा बिश्वस्त रहेको बिकले बताउनु भयो ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार