२०८१ बैशाख ७ गते शुक्रवार

प्रतिगमनका बिरुद्धको गठबन्धन हो: शर्मा




गिरिराज नेपाली
घोराही, ९ बैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिकाको गठबन्धनका मेयर पदका साझा उम्मेद्वार हेमराज शर्मा (डायमण्ड)ले सत्तारुढ दलको गठबन्धन प्रतिगमनकारी बिरुद्धको गठबन्धन रहेको बताउनुभएको छ ।
घोराही उपहानगरपालिका वडा नं. ६ ले शुक्रवार राखेको पार्टी क्रियाशिल सदस्य आइती नेपालीको श्रद्धान्जली सभामा मेयर पदका गठबन्धनका साझा शर्माले प्रतिगमनकारीहरुले जनयुद्ध र जनआन्दोलनबाट प्राप्ती उपलब्धीहरुलाई प्रतिक्रियावादी शक्तिकहरुको आडमा नास्न खोजीरहेकाले यो गठबन्धन सत्ताका लागि भन्दा पनि जनताको अधिकार, मुलुकको स्वाविधनताको रक्षाका लागि रहेको बताउनुभयो ।
मुलुकको स्वाधिनता र जनताको अधिकारका पक्षमा पाँच दलिय गठबन्धन सत्तासँगै संविधानको रक्षाका आसन्न निर्वाचनमा पनि होमिएको बताउनुभयो । जनताको पक्षमा उभिएको गठबन्धनले प्रतिमगनकारी शक्तिलाई हराउदै मन, बचन कर्म सहित गठबन्धनलाई आसन्न निर्वाचनमा सफल बनाउन समेत अपिल गर्नुभयो । उहाँले भन्नुभयो–‘ गठबन्धनले आम नागरिकको मन जितेर आसन्न निर्वाचनमा सफलता प्राप्त गर्ने छ । ’ जसका लागि गठबन्धनकारी शक्तिहरु मन बचन कर्म सहित अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
श्रद्धान्जलीसभाका प्रमुख अतिथि समेत रहेका गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी शर्मा मृतक श्रद्धान्जली वक्तव्य राख्दै कम्युनिष्ट आन्दोलनमा उहाँले देखाएको बाटो र देखेको सपना पुरा गर्न आफूहरु सधै प्रतिबद्ध रहने समेत विश्वास व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्र घोराही उपहानगरपालिका वडा नं. ६ का वडा कमिटिका अध्यक्ष खलु पुन मगरको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र घोराही उपहानगरपालिकाका उपाध्यक्ष खिम बहादुर चौधरी (अटल), नेता झपेन्द्र सिंह चित्रकार, मृतकका छोरा सुर्य बहादुर नेपाली लगायतका श्रद्धान्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रविण चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार