
बैशाख ६ मंगलबार
तुल्सिपुर उप महानगरपालिकाको वडा नं ७ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी बाट दिपक पोख्रेलको नाम सिफारिस भएको छ । पोख्रेल ले यस अघि तुल्सिपुर उप महानगरपालिकाको मेयर पदको उम्मेदवारमा दावेदार थिए । पार्टीको हिंजो बसेको बैठकले पोख्रेललाइ वडा अध्यक्षको पदको उम्मेदवारको लागी सिफारिस गरेको छ । पोख्रेलको वडा अध्यक्ष पदको उम्मेदवारमा सिफारिस भए संगै, वडाले युवा उम्मेदवार पाउने भन्दै वडा बासीमा पनि थप खुसी थपिएको छ । जसपा बाट उम्मेदवार सिफारिस भएका पोख्रेलले आफुलाइ जिताउन छाता चिन्हमा मतदान गरि सहयोग गर्न अपिल समेत गरेका छन ।
जनता समाजबादी पार्टी को लुम्बिनी प्रदेश सम्पर्क समितिका सहसचिव दिपक पोख्रेल
२०६४ सालमा वाइसिएल बाट राजनितिमा पाइला टेकेका पोख्रेल नया शक्ति पार्टी नेपालको गठन भएसङगै २०७२ सालमा नयाशक्ती दाङ काठमाडौ सम्पर्क समितिको अध्यक्ष भएका थिए ।२०७७ साल देखि समाजबादी बिद्यार्थी युनियन दाङ को अध्यक्ष को रुपमा रहदै आएका दिपक बिगत १४ बर्ष देखि राजनिति का साथै पर्यटन ब्यबसाय र होटल ब्यबस्थापकको रुपमा आबद्ध हुँदै आएका छ्न।विभिन्न समयमा विभिन्न बिधाको अनुभव बटुलेका दिपक तुलसिपुरको सुनौलो भबिस्य कोर्ने दृढता साथ जसपा को तर्फबाट तुलसिपुरको ७ अध्यक्ष उम्मेदवार बन्ने योजनाका साथ आगाडी बढिरहेका छ्न। युवा नै देशको खम्बा हो भन्ने मुलमन्त्रलाई मनन गरेर दिपक पोख्रेलले हाम्रो पुस्ता सम्म आउदा भोगेका समस्याहरुलाइ अर्को पुस्ताले भोग्न नपरोस र समृद्ध तुलसिपुर हुँदै समृद्ध नेपालको सपना बोक्नुको साथै अब आउदो पुस्ताले अनुसरण गर्न योग्य राजनितिक परिपाटी र देशमै गरिखान सक्ने अबस्थाको सृजना गर्नको लागि अध्यक्ष उम्मेदवारी दिएकाे बताएका छन