२०८१ बैशाख ७ गते शुक्रवार

कलिभान रोका द्वारा तुल्सिपुर वडा नं ३ को वडा अध्यक्षकाे बलियाे उम्मेदवार




दाङ बैशाख ०६
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको सदस्य तथा तुलसीपुर उपमहानगरपालिका नगर सह इन्चार्ज रहेका कलिभान रोका ले बैशाख ३० को स्थानीय निर्बाचन मा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ मा नेकपा माओवादी को तर्फ बाट वार्ड अध्यक्ष मा आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभएको छ।

२०५२ साल माघ १० गते राष्ट्रिय जनमोर्चाको युवा संगठनको सदस्य बाट राजनीति सुरु गर्नु भएको उहाले २०५४सालमा र २०५९ सालमा जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा एकीकरण हुँदा नगर कमिटीको उपाध्यक्ष हुँदै २०६०साल जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा विभाजन हुँदा नेकपा एकता केन्द्रको नगर कमिटीको सदस्य हुदै
२०६१ सालमा जनमोर्चा नेपाल जिल्ला कमिटीको सदस्य
२०६३ सालमा नेकपा एकता केन्द्र को क्षेत्रीय सदस्य
२०६५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एकताकेन्द्र एकीकरण हुँदा थारुवान राज्य समितिको सदस्य हुँदै राजनीतिमा होमिनु भएको उहाँले १२ कक्षा सम्म को शिक्षा आर्जन गर्नु भएको छ।
म राजनीति मा लागेको २६ बर्ष भयो जनताको इच्छा र चाहना सङ आफू अगाडी बड्न सक्ने र वार्ड को बिकास को लागि आफू सङ प्रस्ट योजना भएको ले आफू ले आउदो निर्बाचन मा अध्यक्ष को दाबी सहित उम्मेदवारी दिएको बताउनु भयो।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार