२०८१ बैशाख १ गते शनिवार

तुल्सिपुर उपमहानगरपालिकाको उप-मेयर मा खराल को दाबि




बैशाख ०४
नेकपा एमालेको तर्फबाट छबि खराल ले तुल्सिपुर उपमहानगरपालिका को उपमेयरमा उम्मेदवारी दिने बताउनु भएको छ ।
सामुदायिक बनको क्षेत्रमा लामो समय काम गरेकी खरालले तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने बताएकी हुन् । पार्टीमा र समुदायको लागि लामो समय योग्दान गरेको भन्दै उनले आफू पार्टी भित्रको बलियो उम्मेदवार रहेको बताउनु भयो। यसमा पार्टीले आफ्नो कार्यको मूल्यांकन गरि उम्मेदवार बनाउने बताउनु भयो।

२०७४ सालको स्थानीय निकाएको निर्बाचन मा तुल्सिपुर वार्ड न ३ को वार्ड सदस्यमा निर्बाचित भएकी उहाले आफुलाई जनताको सेवागर्न अब उपमहानगरपालिकाको उप,मेयर को पद बाट जनता को लागि काम गर्ने बताउनु भयो। आफुले टिकट पाए ग्रामीण क्षेत्रका महिलाको उत्थानका लागि र समाज रुपान्तरणमा काम गर्ने बताउनु हुन्छ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार