२०८२ बैशाख ४ गते शुक्रवार

नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने




चैत्र ३०
नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएको छ । स्थानीय तह निर्वाचनका लागि सम्मानजनक सहभागिताका लागि १० वटा पालिकाहरुमध्ये वटा पालिकामा प्रमुख, पाँच वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्षसहित एक जना सदस्य र ३६ वटा वडाहरुमा तीन जना सदस्यको उम्मेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने निर्णय गरेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।

आफूले माग जति सिट नपाए एकल ढंगले निर्वाचनको प्रतिस्पर्धामा भाग लिने बताएको छ । यस्तै २८ फागुनदेखि सुरु भएको कांग्रेसको ’घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने १ महिने अभियान सम्पन्न भएको रोल्पा कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार