
चैत २७,२०७८
भुवन केसी रोल्पा
नेपाल कम्युनिष्ठ पार्टी एमाले गंगादेव गाउँपालिका वडा न.६ वडा कमिटी रोल्पाले चुनावी सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य गोकुल घर्ती , बिशिष्ट अतिथिमा नेकपा एमाले केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह-इन्चार्ज यमुना रोका रहनुभएको थियोे ।
गंगादेब गाउँपालिका पार्टी अध्यक्ष रोशन ओलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमा प्रदेश कमिटी सदस्य प्रेमी घर्ती र गंगाराम बुढा (हितमान)रोल्पा जिल्ला उपाध्यक्ष बिजय घर्ती लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सन्चालन वडा न.६ का पार्टी सचिव नरेन्द्र ओलिले गर्नुभएको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा २०(बीस ) जना कमरेडहरुले प्रवेश गर्नुभएको थियो ।जसमा माओवादी केन्द्रबाट, कमरेडहरु खिम बहादुर खड्का (माओवादी केन्द्र गंगादेब गाउँपालिका सदस्य) , कल्पना खडका, भिम बहादुर खडका, मोहनलाल ओली, प्रविन वलि,धन बहादुर राना,जनक वलि, उपेन्द्र खडका मानसिङ वलि , सर्जन वलि,वीर बहादुर वलि, कमल वलि, मोहन वलि,
त्यसैगरी नेपाली काँग्रेस बाट कमरेडहरु भिम कुमार वलि, नवीन भणडारी, रोशन भण्डारी प्रदीप भण्डारी , कौशिला वलि , भिम बहादुर खत्री , दिपक राना नयाँ प्रवेश कमरेडहरुलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह- इन्चार्ज यमुना रोका आदिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै अबिर र मालाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको समापन वडा न.६ का पार्टी अध्यक्ष उब्जन राना गर्नुभएको थियोे ।