
चैत्र २६
एमाले दाङ जिल्ला कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयनको लागि मापदण्ड बनाएको छ ।जिल्ला कमिटी अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले चैत २७ गते जिल्लाको एक सय वडाको संगठित सदस्यहरुको भेला बाट सर्ब सहमतिमा नाम सिफारिस गर्ने निर्णय गरेको छ।
यदि सर्ब सहमति हुन नसकेमा कम्तीमा महिला १ जना सहित जम्मा ३ जना अध्यक्षको नाम र सदस्य ४ जनामा ८ जना सम्म नाम पालिका कमिटीमा पठाउनु पर्नेछ ।चैत २८ गते पालिका कमिटीको बैठक बसि वडा कमिटी बाट आएको नामलाई सोही दिन साझ सम्म जिल्ला पार्टी कार्यालय पठाइ सक्नुपर्ने छ ।
त्यसैगरि पालिका कमिटीबाट सिफारिस भै आएको नामलाई जिल्ला इन्चार्ज, सह इन्चार्ज र जिल्ला पदाधिकारीको बैठक बसि सुझाब सहित प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताईएको छ।
प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार