
चैत्र १७
ने क पा माओवादी केन्द्रको चुनाब लक्षित कार्यक्रम अन्तर्गत आज तुलसीपुर उपमहानगरपालिका वार्ड न ७को घुसरी – लालमटी टोल मा आज कमिटी गठन गरेको छ।
माओवादी केन्द्र सात नम्बर वार्ड सचिबालय सदस्य जङ बहादुर चौधरी को अध्यक्षता एबम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य साउने चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य साउने चौधरी ले बर्गिय मुक्ति को लागि माओवादी आन्दोलन अघि बढेको बताउनु भयो । संविधानमा उल्लेखनीय उपलब्धिहरु सबै माओवादी आन्दोलनको उपज भएको बताउनु भयो।
भेलालाई सम्बोधन गर्दै माओबादी केन्द्रका नगरसचिबालय सदस्य तथा ७ न वार्ड का ईन्चार्ज प्रेम खनालले पार्टी को नितिबिपरित बिगतमा हिडेका केही थान ब्यक्ति ले बिगतमा पार्टीको बदनाम गरेकोले अब शुद्धीकरण मार्फत पार्टी लाई चुरुस्त र व्यापक बनाउने काम मा सिङो पार्टी पंक्ति लाग्नु पर्ने बताउनु भयो।
उक्त भेला लाई मन्तव्य राख्दै नगर सल्लाहकार टोपलाल भुसालले पार्टी लाई संगठनात्मक ढङ्गले चुस्त बनाउनु पर्ने बताउनु भयो।
जेष्ठ कम्नुनिस्ट मन्च तुल्सिपुर का नगर सचिब इन्द्रबहादुर रसाइलीले पार्टीलाई बर्गिय रुप उत्थानगर्न को लागी सबै लाग्नु पर्ने बताउनु भयो।
नगर सदस्य पदमा कडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण वार्ड सचिब भरत चौधरीले गर्नु भएको थियो ।