
चैत्र १२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका कारण आएको उपलब्धि खोस्ने प्रयास भएको बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घघाटन गर्दै उनले माओवादीकै कारण आएको उपलब्धि खोस्ने प्रयास गरिए ‘कलरफुल रिभुलेशन’ गर्ने चेतावानी दिए।
उनले सबै जातजाति, धर्म, सँस्कृति, भाषा-भाषीहरुलाई अधिकार दिने उपलब्धि खोसिने प्रयास गरिए माओवादी अर्को आन्दोलन लड्न तयार रहेको बताए। त्यो आन्दोलन हतियारसहितको नभइ कलरफुल रिभुलेसन हुने उनले बताए।
‘सबै उत्पीडित समुदायलाई अधिकार दिलाउने माओवादी हो। यसलाई खोस्न खोजियो भने माओवादी अर्को लडाइँ लड्न तयार छ। हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं। आजकल लडाइँको नयाँ तरिका छ, कलरफुल रिभुलेशन माने रंगीन क्रान्ति,’ उनले भने।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार