२०७९ माघ १६ गते सोमवार

माओवादी परित्याग गरि १०३ जना एमालेमा प्रवेश




चैत्र ०९
ने क पा एमाले तुल्सिपुर उपमहानगरपालिका वार्ड न ३ कमिटी द्वारा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छ्न।
नेकपा एमाले पार्टी जिल्ला कमिटी सदस्य एबम वार्ड न ३ का ईन्चार्ज एबम अध्यक्ष वीर बहादुर बि क को प्रमुख आतिथ्यमा एबम जिल्ला कमिटी सदस्य लोक बहादुर के सि को बिशिस्ट आतिथ्यमा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेपाल कमुनिस्ट पार्टी एकीकृत माओबादी पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छ्न।
तुल्सिपुर ३ साबिक को( ७) को बल्ले किमुगैरा लगायत साबिक सिङ्गो वार्डका एमाले मा प्रवेश गरेका हुन। प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका पुर्व वडा अध्यक्ष वीर बहादुर बुढा,धनविर पुन,इश्वर पुन, धन बहादुर खत्री,दल बहादुर खत्री बिबा घर्ती प्रसाराम थापा
लाल बहादुर सुनार मनबिर घर्ती,डोँटी घर्ती,सुन्तली बुढा चन्द्र बहादुर बुढा, इन्द्रा पुन,कलावती घर्ती ,दिपा पुन,हर्क बहादुर खत्री,शंकर पुन लगायत १०३ जना नेकपा माओवादी केन्द्रका पार्टी सदस्य रहेका छन। माओबादी पार्टी ले अब नेपाली जन्ताको हकहितको लागि हिजो दिएका नारा बिकासप्रती उदासिन हुँदै गएको परिवारबाद मौलाउदै गएको र अब को रास्ट्र निर्माण को लागि एक मात्र पार्टी ने क पा एमाले भनी पार्टी प्रबेश गरेका हुन।
नबप्रबेशिहरुलाई हार्दिक स्वागत गर्दै भोलिका दिनमा पार्टी प्रती हुन प्रमुख अतिथि बिरबहादुर बिक ले सबैलाई आग्रह गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार