२०८१ माघ ५ गते आइतवार

पार्टीको नीति बोकेर जनता सामु जानुहोस: कृष्ण भुसाल




चैत्र ६
नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिका वार्ड न ४ को वडा भेला तथा पाटीको सम्पर्क कार्यालय आज एक कार्यक्रम गरि बनहरीको एक्लेसालमा उद्गघाटन भएको छ । आउँदो स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै वडा भेला तथा पाटी कार्यालय स्थापना गरिएको हो ।
वडा कमिटिका उपाध्यक्ष कलिभान वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण राना धुव्रले विषय प्रवेश गराउदै वडामा आफू वार्ड अध्यक्ष भए पछि थुप्रै विकासका कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।
भेलालाई सम्वोधन गर्दै एमाले जिल्ला कमिटि दाङका उपसचिव कृष्ण भुसालले चुनावी गतिविधि रा पार्टीको प्रचारलाई तिव्र बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । आउदो स्थानिय तहको निर्वाचनमा फेरी पनि एमाले पहिलो पाटी बन्ने दावी गर्दै उहाले बर्षौ देखी हुन नसकेको विकासका कार्य एमाले नेतृत्व सरकारले गरेको दावी गर्नुभयो ।
वडा कमिटिका सचिव सुक बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला कमिटिका सल्लाहकार होम बहादुर थापा, तुलसीपुर नगरकमिटिका सदस्य ठाकुर बन्जाडे, वडा ईन्चार्ज हेम बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार