२०८१ बैशाख ६ गते बिहिवार

अनेरास्ववियु गंगादेव गाउँपालिकाको प्रथम पालिका अधिवेशन आज भव्यताका साथ सम्पन्न भएको छ।



‘अनेरास्ववियु भनेकै शैक्षिक दृष्टिकोण हो’

नेकपा (एमाले)काे विद्यार्थी संगठन अनेरास्ववियु गंगादेव गाउँपालिकाको प्रथम पालिका अधिवेशन आज भव्यताका साथ सम्पन्न भएको छ।

एमाले गंगादेव गाउँपालिका पार्टी कार्यलय सुखाओडारमा पालिका अधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरियाे। अनेरास्ववियु गंगादेव गाउँपालिका इन्चार्ज लेखनाथ वलीको अध्यक्षतामा पालिका अधिवेशन सम्पन्न भएको हाे।

अधिवेशनले दिलकिरण परियारको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी गठन गरेकाे छ। कमिटीमा गंगादेवभरका वैचारिक जल्दाबल्दा विद्यार्थी साथीहरू जाेडिनुभएकाे छ।

अधिवेशन सफल बनाउन सहयोग गर्नुहुने अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य लुम्बिनी प्रदेश कमिटी सह-संयोजक रोल्पा जिल्ला इन्चार्ज कमरेड सन्तोष बाँठामगर, नेकपा एमाले गंगादेव गाउँपालिका अध्यक्ष कमरेड रोशनकुमार वली, अनेरास्ववियु रोल्पाका संयोजक कमरेड प्रकाश बुढालगायत पार्टी तथा संगठनका सम्पुर्ण नेताहरू, संगठनका मेरा सहयाेद्धा कमरेडप्रति हार्दिक आभार प्रकट गर्द्छु।

र, विशेषगरी विद्यालय, विद्यार्थी र अभिभावकसँग हालेमालाे गरी संगठन निर्माण गर्न हाैसला प्रदान गर्नुहुने नेकपा (एमाले)कि केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला इन्चार्ज आदरणीय नेत्री ईश्वरी जीएमलाई लगाएतले बाेलनु भएकाे थियाे

:

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार