२०८० फाल्गुन २१ गते सोमवार

पल शाह पक्राउ गर्दै, १० देखि १२ बर्ष जेल सजाय हुने



जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । 

‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले उज्यालो अनलाइनसँग भने । 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ । 

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार