२०८० चैत्र १६ गते शुक्रवार

राष्ट्रिय युवा संघ नेपाल तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षता पुन: विवेक योगी



राष्ट्रिय युवा संघ नेपाल तुलसीपुर उपमहानगरपालिकाको नगर भेला तथा अधिबेशन तुल्सिपुरमा सम्पन्न भएको छ । विवेक योगीको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य माधव ओलिको बिशिस्ट आतिथ्यतामा पार्टी कार्यालय तुलसीपुर दाङमा आज सम्पन्न भएको छ ।
अधिबेशनले विवेक योगीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द नेपाली, हिरा योगी, खिम बहादुर बिक, सचिव पंकज बुढाथोकी, सहसचिव देव बहादुर चौधरी, सरस्वती वलि रहनुभएको छ । त्यसै गरि कमिटीको सदस्यहरुमा अनन्त भण्डारी,दिनेश पौडेल, कमला चौधरी,कमल बस्नेत, रमेश परियार, ललिता ओलि, लगाएत रहनुभएको छ । कार्यक्रम को सहजीकरण पन्कज बुढाथोकीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार