२०८२ बैशाख ७ गते सोमवार

माओवादीलाई फ्रेम आउट नगरेसम्म रोल्पाले नया मुहार फेर्दैन, नेता रोका ।।



नेकपा माओवादीलाई फ्रेम आउट नगरेसम्म रोल्पाले नया मुहार फेर्न नसक्ने नेकपा एमालेका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नविन रोका मगरले बताउनुभएको छ । रोल्पाको लिवाङमा आयोजित नेकपा एमाले रोल्पाको सचिवालय बैठकमा बोल्दै नेता रोकाले यस्तो बताउनुभएको हो । यि कुरा राजनीतिक पुर्वग्रहि ढंगबाट नभइ हिजोदेखि आजसम्मको अभ्यास र गतिविधिले देखाएको रोकाले बताउनुभयो । परिवर्तनको बाधकहरुलाई पन्छाउनको लागि कुनैबोला लडेका शक्तिहरुसंग पनि मिल्नुपर्ने अवस्था आउनसक्ने र मिल्दै गर्दा सचेत हुनपर्ने उहाँको भनाई रहेको छ । पार्टीको मिसनलाई पुरागर्ने अभियानमा लाग्नु अघि आफुले आफुलाई सफाई गर्ने अभियानमा लाग्नु पर्ने तथा आफ्ना खराब बिचार र जिन्तनहरु ह्टाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीको जिल्ला अधिवेशन र स्थानीय तहको चुनाब नजिक आएकाले जिल्ला तहका नेताहरुका लागि आफु कतिको सक्षम छु भनेर मुल्याङकन गर्ने अवसर भएको बताउदै चुनाबी माहोलमा कसैले गल्ति नगर्न अनुरोध गर्नुभयो ।
यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य कुमार दसौंदीले आगामि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रोल्पामा ३१ वटा वडा जित्ने दाबी गर्नुभएको छ । पालिका स्तरबाट आएका रिपोर्टकोलाई आधार मानेर उहाँले यस्तो दाबी गर्नुभइको हो । उहाँले कमिटी गठन नभएका वडाहरुमा तत्काल कमिटी गठन गर्न र बैठकहरु बस्न पालिकाका पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । एमसीसीको बारेमा बोल्दै नेता दसौंदीले पुर्वधार तथा विकास निर्माणको हकमा नेकपा एमालेले कुनै पनि विदेशी आर्थिक साहेता लिने र सैन्य रणनीतिका सहयोगहरुमा संझौता नगर्ने स्पष्ट पार्नुभयो । एमसीसीको बारेमा नेकपा एमाले स्पष्ट भएकोले ढुक्क हुन पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार