२०८१ बैशाख ७ गते शुक्रवार

रेडियो र विश्वास’ भन्ने मुल नारा सहित आज विश्व रेडियो दिवस मनाईदै




फाल्गुन १
आज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिन्छ । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरेको छ।
विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतीय चुम्बकीय तरङ्गको सिद्धान्तको प्रतिपादन सन् १८६० मा भए पनि रेडियोको प्रसारण भने सन् १९१९ देखि भएको हो । अमेरिकाको पिटसवर्ग सहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमानै पहिलो पटक व्यवसायिक रेडियो प्रसारण सुरु गरेको थियो ।

त्यसको लगत्तै सन् १९२० को दशकमा बेलायतबाट रेडियो प्रसारणले गति लियो । सन् १९२२ मा ब्रिटिस ब्रोडकाष्टिङ कम्पनीको स्थापना भएको रेडियो सन् १९२७ मा आएर ब्रिष्टिस ब्रोडकाष्टिङ कर्पोरेशनमा परिणत भएको थियो । जुन रेडियो आज संसारभर बिबिसीको नामबाट परिचित छ । सबैभन्दा पहिले स्थापना भएको रेडियो बिबिसीले आज संसारभरका मानिसहरूलाई धेरै भाषामा समाचार प्रसारण गरिरहेको छ ।
नेपालमा राणा शासन अन्त्यका लागि सङ्घर्षरत नेपाली काङ्ग्रेसले वि.सं २००३ सालमा रेडियोको प्रसारण सुरू गरेको थियो ।
औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या देशभर ९ सय हाराहारी रहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार