२०७९ मङ्सिर १४ गते बुधवार

तुल्सिपुर ७ बम्नै मा नेकपा एमाले को टोल कमिटी गठन




माघ २९
नेपाल कम्युनिस्ट पार्टी एमाले ले आज तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ अन्तर्गत बम्नै मा टोल कमिटी गठन गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी एमाले का जिल्ला अध्यक्ष हुकुम बस्नेत को प्रमुख आतिथ्यता एबम जिल्ला सचिब मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यता मा भएको कार्यक्रमले को कृष्ण पोख्रेलकोअध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा खिमकान्त भुसाल, सचिब प्रमिला चापागाईं,सहसचिव ढुन्डिराज भुसाल सदस्यहरुमा नारायण सुवेदी,चक्र चापागाईं,बन्धु चौधरी, पोषण केसि, राम प्रसाद भट्टराई ,टीकाराम शर्मा, पन्चराम बिस्ट,ओकि बिस्ट,डम्बर राना ,चुडामणिा न्युपाने,प्रकाश चौधरी ,दिपक चौधरी ,तिला पोख्रेल,बासु पोख्रेल ,मेघराज रिजाल , तारा सुवेदी,सशिकला रजौरे,टोप प्रसाद पौडेल ,सीता जि सि,नापिराम चौधरी लागयत का रहनु भएको छ।


भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले जनता को भरोसा को पार्टी एमाले भएकोले सम्पूर्ण नेपाली ले आगामी निर्बाचन मा प्रष्ट बहुमत दिने दाबी गर्नु भयो। पार्टीको रास्ट्रवाद को अडानले केहि देशीविदेशी प्रतिकृयाबादीहरु डराएर निर्बाचन मा गठबन्धन गरेको बताउदै आगामी स्थानीय निर्बाचन मा आफुहरुको बहुमत आउने बताउनु भयो ।कार्यक्रम मा जिल्ला सचिब मनोहर बुढाथोकी ,निबर्तमान जिल्ला कमिटी सदस्य पितम्बर आचार्य र डिल्लीराज भन्डारी ले मन्तब्य राख्नु भएको थियो ।
शंकर पोख्रेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण तेज प्रसाद पोख्रेलले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार