२०७९ मङ्सिर १८ गते आइतवार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित




माघ २७
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८ गते (भोलि) शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठक विशेष कारणले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा माओवादीलाई नयाँ पदाधिकारी चयन गर्न सकस परिरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार