माघ २५
स्वच्छ वातावरण, जिवित जिवन ,रोकौ चुनढुङ्गा उत्खनन ..भन्ने मुल नाराका साथ चुनढुङ्गा उत्खनन को बिरुद्ध मा त्रिवेणी गाउपालिका ४ सिम्पानि रोल्पामा बिरोध कार्यक्रम सम्पन्न गरिएको छ ।
त्रिवेणी गाउँपालिका ४ को ठाटिवोट र त्रिवेणी ३ को रानागाउ रोल्पामा करिब ३ वर्ष देखि सगरमाथा सिमेन्टले चुनढुङ्गा उत्खनन गर्दै आएकोले बिरोध कार्यक्रम गरिएको हो। विरोध र्यालीमा , नेकपा एमाले त्रिवेणी गाउँपालिका वाट सह-सचिव मान सिं घर्ती ,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव डम्बर खड्का ,नेकपा एमाले वडा नम्बर ४ का अध्यक्ष मनविर घर्ती ,नेपाली काङ्ग्रेस वडा नम्बर ४ का नवराज योगि, नेकपा एकीकृत समाजवादीकी पवित्रा घर्ती , नेकपाका सेक्रेटरी भावुक,स्थानीय बुद्धिजीवी र पिडित स्थानीयले बोल्दै यदि बिरोध कार्यक्रम गर्दागर्दै पनि उत्खनन कार्य जारि राखे जस्तो पनि पनि कदम चाल्न बाध्य हुने बक्ताहरुको भनाई रहेको छ।
पुनगाउ,चक्रि,वुढागाउ,वास्थाना,मथुरापानि,ह्वाप,झेवाङ,छेप,मन्ज्याङ,राङवाङ सिमपानि मा ध्वनि प्रदुषण ,वायु प्रदुषण ,जलप्रदुषण हुने र पहिरो को जोखिम हुने र वालिनालिमा उत्पादनमा समेत ह्रास देखिएको स्थानीयहरुले प्रश्न उठाएका थिए भने सगरमाथा सिमेन्ट घोराही ले विभिन्न व्यक्ति मार्फत लुकिछिपि बाटो निर्माण र खानि उत्खनन गर्दै आएकोले करिब २५० जना स्थानीयले बिरोध र्यालीमा सहभागी जनाएका थिए।
कार्यक्रमको संञ्चालन संघर्ष समितिका सदस्य भुपेन्द्र बिरहि बुढा मगरले गर्नुभएको थियो , भने कार्यक्रमको समापन संघर्ष समितिका संयोजक प्रदिप रानाले गर्नुभएको थियो ।