२०८० असोज ७ गते आइतवार

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारकाे निर्णय



माघ २४ काठमाडौं

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

सरकारले सोमबार मन्त्रिपरिषद बैठक बस्नु अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ कि सकिँदैन भनेर

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले बैशाख ३० गते प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार