२०८१ माघ २४ गते शुक्रवार

स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्न निर्वाचन आयोगको सिफारिस




माघ १८
निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए।

सो क्रममा सरकारले आगामी जेठमै स्थानीय तहको निर्वाचन गर्ने योजना रहेको बताएको छ । बैठकमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोकिने बताए । प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोकिने बताएको छलफलमा सहभागी एक निर्वाचन अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार