२०८१ बैशाख ४ गते मङ्गलवार

फुट्यो मसालको मोर्चा जनमोर्चा




माघ १५
सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रूपमा विभाजन भएको छ । बर्तमान नेतृत्वले पार्टीलाई काङ्ग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो ।

राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् ।विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार