
माघ १५
जेठ मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन तयार भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न तयार भएको काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।बैठकले स्थानीय तहकाे निर्वाचन २०७९ जेठ महिनामा गर्ने र संविधानसँग बाझिएका स्थानीय तह निर्वाचनसम्बन्धी कानुन संशाेधनका लागि आवश्यकतानुसार सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ ।
सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्ने बताइएको छ ।
प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार