२०७९ माघ १६ गते सोमवार

गृह जिल्लामा गायक प्रमोद खरेललाई उत्कृष्ट नागरिक सम्मान




माघ ५
नेपाली सुगम सङ्गीतका चर्चित गायक प्रमोद खरेलले गृह जिल्ला झापामा उत्कृष्ट नागरिक सम्मान पाएका छन् ।

झापाको सुरुङ्गा जेसीजले उनलाई सो सम्मान प्रदान गरेको हो । नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै १३ औँ पद हस्तान्तरण कार्यक्रममा सुरुङ्गा जेसिजले गायक खरेललाई सम्मान प्रदान गरेको हो । नेपाली साङ्गीतिक क्षेत्रमा विगत लामो समयदेखि चर्चाको माथिल्लो सिँढीमा रहेका खरेल झापाको कचनकवल निवासी हुन् ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार