२०८० मङ्सिर २४ गते आइतवार

अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने सरकारको चेतावनी



पुस २४
गृह मन्त्रालयले आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।

यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा आज जारी विज्ञप्तिमा गाउँ÷समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार