२०८१ बैशाख ९ गते आइतवार

नेपाली काङ्ग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगायो




पुस १९
नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार