२०८० असोज ६ गते शनिवार

सिष्टम ह्याक गर्ने चेतावनीपछी कुमारी बैंक लिमिटेडको सम्पुर्ण सिस्टम बन्द




पुस १६
अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ ।ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जानकारी दिएका छन् । ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको उनको भनाइ छ । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको र धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन भइरहेको बैंकले जनाएको छ ।

आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै कुमारी बैंकले केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार