२०८० मङ्सिर २४ गते आइतवार

‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’:लाहुरे




पुस १५
लाउरे’ नामले चर्चित र्‍यापर आशीष राना मगरले आफू लागुऔषध प्रयोगकर्ता भएको स्विकारेका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्विकार गरेका हुन् ।

उनी बुधबार राति पोखराको न्यूरोड नजिकै जाल्पारोडको एक घरको कोठाबाट पक्राउ परेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे र अन्य दुई युवक पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुको साथबाट झण्डै १४ ग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार