२०८१ माघ २४ गते शुक्रवार

भिटेनले दरबारमार्गमा पैसा फालेर गरे बबाल




पुस ९
चर्चित र्‍यापर भिटेनले सडक पेटीमा पैसा छरेर ‘मेरो आँसु चुकाउन सक्छौँ’ भन्दै बबाल गरेको भिडियो अहिले भाइरल भइरहेको छ। टिकटकमा रबी श्रेष्ठले २० घण्टा अगाडि राखेको भिडियोमा दरवारमार्गको पेटीमा उनले मेरो आशु झरेको चुकाउन सक्छौँ भन्दै पैसा फ्याकेका छन्।
छाडा बोल्दै उनी अन्त्यमा त्यो पैसा त्यही छाडेर म गए भन्दै हिँड्छन्। अर्को कुनै सहयोगीले ओ भाइ भन्दै उनलाई सम्झाउन खोजे पनि उनी पेटीमा पैसा फ्याँक्दै लडिबुडी गरिरहेको भिडियोमा देख्न सकिन्छ। उनी म गए भनेर पैसा त्यतिकै छाडेर हिँड्छन्। एक ट्याक्सी चालकले भिटेनको ब्याग भनेर प्रहरी कार्यालयमा लगेर उनको ब्याग छाडिदिएका थिए।
भिडियोमा देखिएको उनको अवस्थाले उनी नशामा धुत झैँ देखिन्छन्। युवापुस्तामाझ लोकप्रिय र्‍यापर भिटेन प्राय विवादमा आइरहन्छन्। कहिले कार्यक्रममा जाँदा श्रोताले ढुङ्गा हान्छन् त कहिले उनले गाएको गीतको शब्दका कारण उनी पक्राउ पर्छन्।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार