२०८१ बैशाख ९ गते आइतवार

आजको प्रतिनिधिसभा बैठकमा पनि एमालेले विरोध जारी राख्ने




पुस ६
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज (मङ्गलबार) बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ ।

एमालेले जारी विरोधका कार्यक्रम प्रतिनिधिसभामा निरन्तर रहने जनाएको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले यसअघि भइरहेका विरोधका कार्यक्रम आज १ बजे बस्ने बैठकमा पनि कायमै रहने बताए । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूबीच विभेद गरेको भन्दै एमालेले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको छ ।

पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले अधिकारक्षेत्रभन्दा बाहिर गएर अस्वीकार गरेको भन्दै एमालेले विरोध जनाइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार