२०८२ बैशाख ५ गते शनिवार

कृतिका बनिन् रोल्पाली बेस्ट डान्सर सिजन वानको बिजेता




अमृत वली(रोल्पा)
पुस ०४ आईतवार
रोल्पाली बेस्ट डान्सर सिजन वानको ग्राण्ड फिनाली रोल्पाको जुगारमा सम्पन्न भएको छ ।।
भिम डान्स स्टुडियो नारायणपुर दाङको आयोजनामा रहेको नृत्यको महासंग्राममा त्रिवेणी गाउँपालिका ५ कि कृतिका घर्ती बिजेता भएकिछ्न त्यस्तै त्रिवेणी गाउँपालिका २ हलङ्गा कि राधिका परियार पहिलो रनरअप , त्रिवेणी गाउँपालिका २ झुलावाङ रोल्पाका सुशील घर्ति दोस्रो रनरअप भएका छन ।

बिजेताले नगद रु. तिस हजार सहित ट्रफी , मेडल, प्रमाणपत्र ,पहिलो रनरअपले नगद रु. बिस हजार सहित ट्रफी , मेडल , प्रमाणपत्र र दोस्रो रनरअपले नगद रु. दश हजार सहित ट्रफी , मेडल, प्रमाणपत्र प्राप्त गरेका छन ।

देव वलीको अध्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदिप सिग्देल , अथिति त्रिवेणी गाउँपालिका कानुनी मामिला इकाई प्रमुख प्रेम प्रकाश पुन , प्रहरी चौकी जुगारका सहायक प्रहरी निरिक्षक याम बहादुर रेउले रहनु भएको थियो । साथै निर्णायक मा भिम डागी र कृष्ण मगर रहनुभएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार अमृत वलीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार