२०८१ बैशाख ७ गते शुक्रवार

सर्बदलिय बैठक :एमसिसीबारे छलफल गर्न फेरि बैठक डाकिने



पुस ४
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आह्वान गरिएको पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।


बैठकमा संसदमा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिएका छन् ।
बैठकले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसदको अवरोध हटाउन अपिल गरेको छ । संसद् निरन्तर अवरोध हुँदा संसदीय गतिविधि जीवन्त हुन नसकेको निष्कर्ष निकाल्दै बैठकले संवादबाट उपयुक्त सहमति खोज्दै संसद् सुचारु गर्न अपिल गरेको हो । संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा गम्भीर छलफल भएको उनको भनाइ छ ।

असहमति प्रकट गर्ने थलो संसद् भएपनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुनेमा नेताहरूले जोड दिए । ‘संसद्को गतिरोधले महत्त्वपूर्ण विधेयक अल्झिएका छन् । सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् चल्न नदिनु होइन,’ प्रवक्ता कार्कीले भने, ‘असहमति प्रकट गर्ने थलो संसद् हो । तर सिङ्गो संसद्लाई बन्धक बनाउँदा संसदीय व्यवस्था कमजोर हुन्छ । उपयुक्त निकास खोज्न सरकार तयार छ । यसको निकास खोज्न प्रतिपक्षलाई अनुरोध गर्दछौँ ।’

प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित हुनुपर्ने बैठकमा उपस्थित हुन नसकेको उनले बताए।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार