२०८० मङ्सिर २४ गते आइतवार

कर्णाली प्रदेशमा ११ लाख पुगे मोबाइल प्रयोगकर्ता




पुस ३
कर्णाली प्रदेशमा ११ लाख मोबाइल प्रयोगकर्ता पुगेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कर्णाली प्रदेशतर्फको ‘आर्थिक गतिविधि अध्ययन’ अनुसार २०७८ असार मसान्तसम्म सो प्रदेशमा मोबाइलको पहुँच ०.७७ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा मोबाइल पहुँच १.२२ प्रतिशतले बढेको थियो । गत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार, एनसेल कम्पनीबाट वितरित सिमको संख्यामा क्रमशः २.८१ प्रतिशत र ०.७० प्रतिशतले गिरावट आएको छ ।
यद्यपि नेपाल टेलिकमबाट वितरित संख्यामा वृद्धि भएका कारण समग्रमा सो संख्यामा वृद्धि भएको हो ।

रिपोर्टका अनुसार २०७८ असार मसान्तसम्ममा कर्णाली प्रदेशभित्र जम्मा १० लाख ६४ हजार ११९ सिम वितरण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै सुर्खेत जिल्लामा ४ लाख ५ हजार ४५९ र सबैभन्दा कम डोल्पा जिल्लामा १३ हजार ८१६ सिम वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार