
पुस ३
यू-१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ। बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो। नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे। जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अंक जोडेको छ। नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ।
प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार