२०८१ माघ २४ गते शुक्रवार

दैलेखमा स्कुलको सिमेन्ट माथी वडा अध्यक्ष को हालिमुहालि




अङ्गराज परियार

पुस १


दैलेखमा स्कुलको सिमेन्ट वडाध्यक्षद्धारा हिनामिना गरेको पाइएको छ । ठाटीकाँध गाउँपालिका–२ प्याडुल्लीमा स्कुल मर्मतका लागि राखेको सिमेन्ट वडाध्यक्षले हिनामिना गरेका छन् । प्याडुल्लीमा रहेको दशरथ माध्यमिक विद्यालयमा राखेको ५४ बोरा सिमेन्ट वडाध्यक्ष रुपलाल विश्वकर्मासहित अन्य पाँच जनाले हिनामिना गरेका हुन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विद्यालय मर्मतका लागि दश लाख रुपैयाँ छुट्याइयो । विद्यालयमा राम्रोसँग नलगाएरै बाँकी रहेको ५४ बोरा सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको स्थानीयले बताए ।

ठाटीकाँध–२ का स्थानीय कलम शाहीले विद्यालय मर्मतका लागि ल्याएको सिमेन्टको पनि राम्रोसँग प्रयोग नगरि बजेट र काम सक्ने बहाना बनाएको बताए । उनले भने, ‘विद्यालयमा राम्रोसँग सिमेन्ट नलगाएरै वडाध्यक्षले नमानेर लिनुभएको हो।’

अन्य स्थानीयका अनुसार, वडाध्यक्षले २१ बोरा लिएका छन् । अर्का वडाध्यक्षकै पछि लाग्ने पदम विक, रमेश सुनार र जिर थापाले तीन/तीन बोरा र जगत विकले दुई बोरा सिमेन्ट कसैको प्रवाह नगरे लिएको कलम शाहीले बताए । जनक विश्वकर्माले १६ बोरा सिमेन्टको १० हजार पैसा तिरेर लिएका थिए भने अन्यले पैसा नतिरेर लिएको बताए ।

सिमेन्टको भागबण्डा गरि वितरण गर्नेमा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर बिक रहेका छन् । उनले जनक विश्वकर्माबाट १६ बोरा सिमेन्ट लगेमार्फत आएको १० हजार रुपैयाँ समेत विद्यालयलाई नदिएर आफैले खर्च गरेको स्थानीयले आरोप लगाएका छन् ।

यता वडाध्यक्ष विश्वकर्माले विद्यालय मर्मत गरेर बचेको सिमेन्टलाई सकिएर जानु भन्दा स्थानीय र आफुले लगिएको बताए ।वडाध्यक्षले भने, ‘यो कुनै हिनामिना पनि हैन, उपभोक्ता समितको सहमतीमा विद्यालय मर्मतपछि बचेको सिमेन्ट पैसा तिरेर लग्नेलाई दिइएको हो ।’

‘विद्यालयको काम गत असार मसान्तमै सकिएको हो र बचेको बाँकी सिमेन्ट राखेको भए आजसम्म सबै बिग्रिएर जानुभन्दा विव्यसका अध्यक्षको सहमतिमा अरुलाई दिइएको हो ।’

वडाध्यक्षले गत असार मसान्तमा काम सकिएको र उपभोक्ता समितिका पदाधिकारी बाहिर रहेकोले हालसम्म हिसाब नभएको बताए । अबको केही दिनमा विद्यालय बैठक बोलाएर सबैको हिसाब माग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार