२०८२ बैशाख ४ गते शुक्रवार

काङ्ग्रेस महाधिवेशन : उपसभापति को मत परिणाम



मङ्सिर २९
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।
पछिल्लो मतपरिणामअनुसार पूर्णबहादुर खड्काले १६३४ मत, विजयकुमार गच्छदारले १४४३ मत, चन्द्र भण्डारीले १२५७ मत र धनराज गुरुङले १४३७ मत प्राप्त गरेका छन् । त्यस्तै सुजाता कोइराला ४३८, महेश आचार्य ४२३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार