२०८० चैत्र १५ गते बिहिवार

करिना कपूरलाई कोरोना संक्रमण



मङ्सिर २९


बलिउड अभिनेत्री करिना कपूरलाई कोरोना संक्रमण भएको छ । बीएमसी अधिकारीहरुका अनुसार अभिनेत्री करिना कपूरपछि उनका घरेलु कामदारहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै करिना कपूरको परिवार र घरेलु कामदारहरुको आरटी पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा उनकी मेडलाई कोरोना संक्रमण भएको पाइएको हो ।

मलाइका–आलियाको रिपोर्ट नेगेटिभ

अभिनेत्री करिना कपूरको बेस्ष्टफ्रेण्ड मलाइका आरोडाको रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । तर, मलाइकाको दिदी अमृता आरोडालाई भने कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेत्री आलिया भट्टको रिपोर्ट भने नेगेटिभ आएको छ ।

गत मंगलबार मात्र बीएमसीले १०८ जनाको आरटी–पीसीआर परीक्षण गरेको थियो । हाई रिस्कमा परेका सहभागीहरुलाई फलो गरिरहेको बीएमसीले जनाएको छ । करिब १४५ जना सहभागीहरुलाई सम्पर्कमा ल्याइएको बताइएको छ । जसमध्ये हाई रिस्कमा परेका ३७ जनाको फलोअप भइरहेको छ ।

करण जोहर पनि निशानामा

पछिल्लो समय बलिउड उद्योगमा करण जोहर र रिया कपूरले एक÷एक वटा पार्टी एरेञ्ज गरेका थिए । निर्माता÷निर्देशक करण जोहरमा घरमा भएको पार्टीमा मलाइका आरोडा, अमृता आरोडा, करिना कपूर, अर्जुन कपूर, महीप कपूर, सीमा खान, आलिया भट्ट सहभागी भएका थिए ।

त्यस्तै रिया कपूरको घरमा भएको प्रि–क्रिसमस पार्टीमा मलाइका, करिश्मा, अमृता, मसाबा गुप्ता, पूनम दमानीयको उपस्थिति थियो ।

रिपोर्टका अनुसार करण जोहरको घरमा भएको पार्टीबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । उक्त पार्टीमा सहभागी सीमा खानलाई सबै भन्दा पहिलो कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका करिना र अमृतालाई कोरोना संक्रमण भएको पाइएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार