२०८१ असार २९ गते शनिवार

नेकपा एमाले आजको संसद बैठकमा गर्‍यो नाराबाजी




मङ्सिर २८
सङ्घीय संसद्को हिउँदे अधिवेशन आज मङ्गलवारदेखि सुरु भएको छ । तर आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् ।

एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् ।

तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्द नगर्न आग्रह गर्नु भएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार