२०८२ बैशाख ४ गते शुक्रवार

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन् पालिकाको चुनाव वैशाखभित्रै हुन्छ



मङ्सिर २४।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका तहको चुनाव आउँदो वैशाखभित्रै हुने बताउनुभएको छ ।
आज शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरू सहभागी अन्तरक्रिया कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो । 
निर्वाचन आयोग चुनाव गराउने तयारीमा जुटिसकेको र त्यहीअनुसार पूर्वतयारीमा लागिरहेको थपलियाले बताउनुभयो । उहाँले पालिका तहको चुनाव देशभर नै एकै चरणमा, एकै दिन गराउने पूर्वतयारीमा आयोग जुटिरहेको बताउनुभयो । 

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार