२०८१ माघ २७ गते सोमवार

पाँच हजार प्रहरी परिचालन हुने काङ्ग्रेसको महाधिवेशनमा



मङ्सिर २४

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशनस्थल र वरपरका स्थानको सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

महाधिवेशनलाई लक्षित गर्दै भृकुटीमण्डप र वरपर ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । बिहीबारदेखि नै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था मजवुत बनाइएको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालको नेतृत्वमा महाधिवेशनस्थल भृकुटीमण्डपसहित विभिन्न स्थानमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
आज (शुक्रबार) दिउँसो सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन उद्घाटन हुँदै छ । उद्घाटनसत्रमा ठुलो सङ्ख्यामा विदेशी तथा स्वदेशी पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता उपस्थित हुने काङ्ग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार