२०८० फाल्गुन ९ गते बुधवार

गगन थापा भन्छ्न:जनताको जीवनमा बदलाव ल्याउन महामन्त्रीमा उम्मेदवारी दिएको हुँ



मङ्सिर २३
नेपालीका कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवार दिएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महामन्त्रीमा थापाले उम्मेदवारको घोषणा गरेका हुन् । अघिल्लो अधिवेशनमा कृष्ण सिटौला समूहलाई समर्थन गरेका थापाले अहिलेको १४ औँ महाधिवेशनमा सिटौला समूहको साथ छाडेर उम्मेदवारको घोषणा गरेका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा थापाले प्रतिपक्षमा भूमिकामा हुनुपर्ने कांग्रेस कसरी सत्तारुढ भयो र सोचेका सपना अधुरा भए भन्नेबारेमा विश्लेषण गरेका छन् । थापाले कांग्रेसमा ऊर्जा हुँदाहुँदै त्यसबाट चुक्नुपरेको र चुकेको ठाउँ र प्वाँललाई कांग्रेसले टाल्न सक्ने पनि बताए ।
शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार