२०८१ माघ ५ गते आइतवार

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



मङ्सिर २३।
पार्टीको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय नेतृत्व बैठक र छलफलमा क्रियाशील भएको छ ।

यहीक्रममा आज (बिहीबार) पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बैठक डाकिएको छ ।

आजको बैठकमा आसन्न राष्ट्रिय सम्मेलनबारे छलफल र निर्णय गरिने माओवादी स्रोतले जनाएको छ ।

आजको बैठक विशेषगरी आउँदो २५ गते आयोजना गरिएको प्रदेश सम्मेलनमा केन्द्रित रहने छ । माओवादी केन्द्रले २५ मङ्सिरमा एकैपटक भौगोलिक र गैरभौगोलिक १० प्रदेशमा सम्मेलन गर्दैछ ।

बैठकमा राष्ट्रिय सम्मेलनको तयारी, राजनीतिक प्रस्ताव, अबको एजेन्डालगायत विषयमा छलफल हुनेछ । आउँदो सम्मेलन र यसअघि भएका जिल्ला, स्थानीय तह, निर्वाचन क्षेत्रलगायतका सम्मेलनबारे पनि आजको बैठकमा छलफल र समीक्षा हुने कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ सम्मलाई आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार