२०८२ बैशाख ५ गते शनिवार

राम–सीता विवाह महोत्सव : स्वयंवर तथा शुभविवाहको कार्यक्रम आज



मङ्सिर २२
भगवान राम र सीताबीच बिहे गराएर हर्षोल्लाससाथ मनाइने राम–सीता विवाह महोत्सवको आज (बुधबार) विशेष दिन हो ।

विशेष दिनमा राम र सीताबीच स्वयंवर तथा शुभविवाह कार्यक्रम सम्पन्न गर्ने गरिन्छ । धार्मिक तथा ऐतिहासिक सहर जनकपुरधाममा धुमधामसाथ एक सातासम्म महोत्सव मनाउने गरिएको छ । स्वयंवर र शुभविवाहको महत्वपूर्ण दिनको पूर्वसन्ध्यामा जानकी मन्दिर बेहुली झैँ सिँगारिएको छ ।
मन्दिरमा बिहे महोत्सव हेर्न, राम र सीताको दर्शन गर्न तथा महोत्सवमा सहभागी हुन ठुलो सङ्ख्यामा भक्तजनहरु जनकपुर पुगेका छन् । भक्तजन तथा दर्शनार्थीहरु आउने क्रम अझै पनि जारी छ । विवाह हेर्न नेपालको विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट धेरै श्रद्धालु भक्तजन जनकपुर पुगेका हुन् ।

गत शुक्रबारबाट विवाह महोत्सव सुरु भएको हो । बिहीबार अर्थात भोलि औपचारिक रूपमा महोत्सवको समापन हुने छ । त्रेता युगमा भगवान राम र देवी सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष जनकपुरधामको जानकी मन्दिरमा विवाह महोत्सव मनाइने प्रचलन छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार