२०८० मङ्सिर २५ गते सोमवार

राज्यमन्त्री द्वारा पश्चिम दाङको बिकासप्रती चासो



मङ्सिर १९
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री(वली) ले पश्चिम दाङका बिभिन्न योजनाहरुको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दंगीशरण, बबई र तुलसीपुरका बिभिन्न स्थानमा पुगेर त्यहाँको विकास निर्माणको अबस्था र आबश्यक थप विकासको पहलकालागि अवलोकन गर्नुभएको हो ।

उहाँले शान्तिनगर गाउँपालिका वडा नं. ५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गर्नुभएको छ । सोही सभाहल निर्माणको काम तिब्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा रहेको १५ सैयाको अस्पतालको पनि अवलोकन गर्नुभएको छ । सोही अस्पतालाई प्रदेश सरकार मातहत लैजाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकी र वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गर्नुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. २ मा बन्दै गरेको १५ सैयाको अस्पतालको अनुगमन गर्नुभएको छ । अस्पतालकालागि पिल्लर तयार गरिएको छ । अन्य काम जारी रहेको छ ।

त्यस्तै बबई गाउँपालिकाको वडा नं. २ स्थित ठूलाचौर–घुरिन्डाडा (सीतापुर) जोड्ने पुल निर्माण स्थलको पनि अवलोकन गर्नुभएको छ । सोही स्थानमा पुल निर्माणको काम केही समयमा सुरु हुने राज्यमन्त्री वलीले बताउनुभयो ।
त्यस्तै बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा निर्माण हुन लागेको १५ सैयाको अस्पताल निर्माणको काम पनि अवलोकन गर्नुभएको छ । जुन अस्पताल सिलन्यास भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । अहिलेसम्म पिल्लर समेत राख्न नसकिएको राज्यमन्त्री वलीले बताउनुभयो । साथै सोही वडाको हंसपुर माविको पनि अलवोकन गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार