२०७९ मङ्सिर २० गते मङ्गलवार

नेकपा एकीकृत समाजबादिको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



मङ्सिर १७
नेकपा एकीकृत समाजवादी दाङले शुक्रवार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजबादीका केन्द्रिय उपमहासचिव डाक्टर विजय पौडेलले आफुहरु नयाँ क्रान्तिका लागि अघि बढेको बताउनु भयो ।

समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाले पाटीलाई सुढृद र थप शसक्त बनाएर जनताको बिचमा जाने बताउनुभयो ।सो अवसरमा पाटीका केन्द्रिय सचिव भागवत विश्वासी, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष तथा संघिय सांसद मेटमणि चौधरी, केन्द्रिय सदस्य तथा संघिय सांसद हिराचन्द्र केसी, सविधान सभा सदस्य अनारकली मिया,दाङका ईन्चार्ज जोग बहादुर राना लगाएतले पाटीलाई बलियो बनाउन नेताकार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।


जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मिना गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार