२०८१ बैशाख ६ गते बिहिवार

लुम्बिनीमा ८ पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी




मङ्सिर १७ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित गरिएको छ ।
८ पदाधिकारीसहित ७७ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दिएकाहरुको उम्मेदवारी सार्वजनिक भएको हो । अन्तिम नामावली राति ८ बजे प्रकाशन हुनेछ ।
८ पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत विहिवारदेखि सुरु भएको प्रदेश अधिवेशनमा शुक्रवार मनोनयन दर्ता भएको हो । संस्थापन समूहबाट भरतकुमार शाह र संस्थापन इतरबाट अमरसिंह पुन नेतृत्वमा प्यानलगत उम्मेदवारी दर्ता भएको छ ।

१ सभापतिका लागि २ जना, २ उपसभापतिमा ४ जना, २ महामन्त्रीमा ५ जना र १ महिलासहित ३ सह-महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । संस्थापनबाट सभापतिमा भरत शाह (रुपन्देही), उपसभापति राजु खनाल (दाङ), उपसभापति सुधाकर पाण्डे (कपिलवस्तु ), महामन्त्री जन्मजय तिमल्सिना (बर्दिया), महामन्त्री खिमानसिंह रायमाझी (प्युठान), सह-महामन्त्री लक्ष्मी नारायण शाह(बाँके), सह-महामन्त्री सरिता चौधरी (रुपन्देही) र सह-महामन्त्री: माया पुन (बाँके) ले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन इतरबाट सभापति अमरसिंह पुन(रोल्पा), उपसभापति भुवन श्रेष्ठ(गुल्मी), उपसभापति अष्टभुजा पाठक(रुपन्देही), महामन्त्री विक्रम खनाल(नवलपरासी), महामन्त्री सुरेन्द्रराज आचार्य(कपिलवस्तु), सहमहामन्त्री खगराज पाण्डे(दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी(प्युठान) ले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा ताराप्रसाद फुल्लेल ले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
लुम्बिनीमा १६ सय ४८ मतदाता छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार