
मङ्सिर १५।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको प्राप्त गरेका छन् । मङ्गलबार प्रदेशसभामा विश्वासको मतसम्बन्धीको प्रस्ताव पेस गरेका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेशसभामा उपस्थित २२ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मत खसालेका हुन् भने विपक्षीमा कोही पनि थिएन् । किनकि विपक्ष दल एमाले प्रदेशसभामा सहभागी भएको थिएन ।
मुख्यमन्त्री शाहीले माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्र,नेपाली काङ्ग्रेस, एकीकृत समाजवादी र राप्रपाको सांसदले मुख्यमन्त्री शाहीलाई मत दिएका हुन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार